Bagmati Samachar Logo

समितिको रविसँग बयान लिने तयारी, अरूलाइ जेलबाट झिकाएरपनि धमाधम बयान लिदैँ

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ ।

समितिको सबैभन्दा ठूलो र चासोको विषय गोर्खा मिडिया नेटवर्क र पूर्वगृहमन्त्री लामिछानेसँगको सोधपुछ रहेको समिति सदस्यहरू बताउँछन् । सम्बन्धवाला अर्का व्यक्तिको बयान लिने काममा ढिला भएकाले लामिछानेसँगको बयान लिन ढिला भएको एक सदस्यले बताए । उनका अनुसार आगामी ७ गते लामिछानेसँग सोधपुछ गर्ने तयारी छ ।

फोटो सभापति सूर्य थापाको फेसबुकबाट

अहिलेसम्म ४२ वटा बैठक सम्पन्न गरेको छ । २ भदौमा समितिले लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंका अध्यक्ष (निलम्बित) मीनकृष्ण श्रेष्ठलाई बोलाएर सोधपुछ गर्‍यो । समितिले दिएको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगसम्बन्धमा आरोपित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

तीन महिनाको समय पाएको कार्यदलले २३ भदौमा प्रतिवेदन लेखनसहितको तोकिएको सम्पूर्ण काम सक्ने तयारी समितिले गरेको समितीका सदस्य बताउछन् ।

समितिले गरेको गतिविधिबारे सभापति थापाले सामाजिक सञ्जालमा जानकारी दिने गर्छन् ।

समितिले विभिन्न भागमा बाँडेर प्रतिवेदन लेखन गरिरहेको छ । सभापति थापाले भने, ‘प्रतिवेदन लेखनको काम योजना बनाएर आन्तरिक रूपमा भइरहेको छ । त्यसलाई एकीकृत गर्ने काम पछि गर्छौं ।’

समितिले अहिलेसम्म सहकारीका सञ्चालक, कर्मचारीलगायत २६ जनासँग सोधपुछ गरेको छ ।

१.गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ (डीबी बमजन) र इमानसिंह राई ।

२.श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी ।

३.गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका रामबहादुर गौतम ।

४.तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा (जेलबाट झिकाएर) ।

५.शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मा (जेलबाट झिकाएर) ।

५. नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा (जेलबाट झिकाएर) ।

६. पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड को–अपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग (जेलबाट झिकाएर) ।

७. सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल र ३ असार २०८१ को साधारणसभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जन र शेयर सदस्य राजबहादुर सिंह ।

८. आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती) (जेलबाट झिकाएर) ।

९.कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई (जेलबाट झिकाएर० ।

१०.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) (जेलबाट झिकाएर) ।

११.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याल (कास्कीको सुधार गृहबाट झिकाएर) ।

१२.स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ ।

१३.प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल (कास्कीको जेलबाट झिकाएर) ।

१४.बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरका अध्यक्ष अजय श्रेष्ठ (कास्कीको जेलबाट झिकाएर) ।

१५.मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, पोखराका अध्यक्ष रमण पौडेल (कास्कीको जेलबाट झिकाएर) ।

१६.ओरियन्टल, प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य सञ्चालक सुधीर बस्नेत ।

१७.छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दियालगायतका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाल (चितवनको जेलबाट झिकाएर) ।

१८.देउराली बहुउद्देश्यीय सहकारी संस्था, सातदोबाटो, ललितपुरका अध्यक्ष रवीन्द्र चौलागाईं (जेलबाट झिकाएर) ।

१९.कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि। मान भवन, ललितपुरका अध्यक्ष लीलाबहादुर गुरुङ (एलबी) (जेलबाट झिकाएर) ।

२०.बराह बचत तथा ऋण सहकारी संस्था लि। धरानका अध्यक्ष मानबहादुर विश्वकर्मा ।

२१.कृषि विकास बहुउद्देश्यीय, कुमारी पाटी, ललितपुर र कृषि विकास बचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापा (जेलबाट झिकाएर) ।

२२.हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ ।

२३.ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य आठवटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसुदन पाठक (सिते बा) ।

२४.गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नो बडी प्रोडक्सन प्रालिका सञ्चालक विपिनकुमार आचार्य ।

२५.स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्ट्यान्डर्ड मल्टिप्रपोज, जावलाखेल, चार्टर्ड सेभिङ एन्ड क्रेडिट, न्यु प्लाजा ।

२६.कुवेर सेभिङ एन्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला ।