Bagmati Samachar Logo

महानगर मार्फत बालेनले दिलाए ९ सय ११ लाई रोजगारी

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पालिका मार्फत ९ सय ११ रोजगारी दिएको बताएका छन् । महानगरको पहलमा ९ सय ११ जनाले रोजगारी पाएको प्रमुख शाहको भनाइ छ ।

महानगरपालिकाको श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको उनले आफ्नो आधिकारिक फेसबुकमा पोष्ट गरेका छन् ।
प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाएर प्रत्यक्ष रोजगार सिर्जना गर्ने लक्ष्य लिएको छ । यो अवधिमा महानगरले कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । उनले सामाजिक सञ्जाल फेसबुक लेख्छन्, ‘आर्थिक बर्ष २०८०र८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्धदक्ष ३८ जना र अदक्ष ४ सय १८ गरि जम्मा ९ सय ११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५सय ८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८ सय जना युवा युवतीहरु रोजगार र स्वरोजगार भएका छन् ।