Bagmati Samachar Logo

प्रधानमन्त्री ओलीको शपथ ११ बजे

 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिदैछन् । ओलीले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम अहिले विहान ११ बजेको लागि तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपति पौडेलले मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।