ताजा अपडेट
राजनीति

दुई दलले मन्त्रालय भागबण्डा टुंग्यायो, कांग्रेसबाट आरजु र रमेश मन्त्री

दुई दलले  मन्त्रालय भागबण्डा टुंग्यायो, कांग्रेसबाट आरजु र रमेश मन्त्री

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ।

एमाले अध्यक्ष ओली आइतबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन्।

एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पनि एमालेको भागमा परेको छ।

प्रधानमन्त्री ओलीसँगै सोमबार बिहान ११ बजे मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने तयारी छ।

नेपाली कांग्रेसले भने दुई जना मन्त्री टुंगो लगाएको छ।

गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको कांग्रेस स्रोतले बताए ।

अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…