Bagmati Samachar Logo

प्रधानमन्त्री प्रचण्डले दलको बैठकमा भने : केपीले सारै ‘बेबकुफ’ बनायो

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अन्ति समयसम्म नर्मल व्यवहार गरेर बुबकुफ बनाएको बताएका छन् ।

सत्तागठबन्धनमा बसेर पनि ओलीले आफूसँग हाँसि हाँसि जालझेल र षड्यन्त्र गरेको बुधबार बसेको संसदीय दलको बैठकमा ब्रिफिङ गरेका छन् ।

१७ गते बिहान आएर ओलीले मरेसँगै मरौला बाँचेसँगै बाचौला नर्क गए पनि स्वर्ग गएपनि सँगै जाउला भने, त्यहि राती उता सम्झौता गर्न लगाए । त्यहि दिन राती १० बजे बालुवाटार आएर तपाई नै प्रधानमन्त्री हो भने । मलाई प्रधानमन्त्री हुन मन छैन भनेर भने यतिसम्म जालझेल गर्न सक्ने मानिस अरु नभएको प्रचण्डले बैठकमा बताएको एक सासंसदले बताए ।

ती सांसदले भने,‘ हाम्रो अध्यक्षले तपाईलाई प्रधानमन्त्री बन्नु छ भने बन्नु होस म नै राजिनामा दिन्छु भन्नु भए छ । तर ओलीले तपाई नै प्रधानमन्त्री हो । यहि गठबन्धन अगाडि जान्छ भन्नु भएछ । अध्यक्षले गठबन्धन फेर्न लागेको हो र भनेर पटक पटक सोध्दा पनि होइन भनेर ओलीले ढाँट्नु भए छ । अध्यक्ष अन्त्मि समय सम्म विश्वासमा बस्नु भए छ । आज त्यहि कुरा भन्नु भयो ।’

ओलीले उल्टै तीनै जना नेताहरु बसेर छलफल गर्ने भन्ने भएको छ भनेर प्रधानमन्त्रीलाई भन्नु भएछ । प्रधानमन्त्रीले शेरबहादुरजीलाई सोध्नु भएछ के हो तीन जना बस्ने कुरा ? देउवाले होइन यता एमालेसँग सहमति भइसक्यो सरी भन्नु भएपछि प्रधानमन्त्रीले ओलीले सम्झौता गरेको कुरामा विश्वस्त हुनु भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने,‘ ओलीले होइन भन्दै झुक्याउनु भएछ ।सम्झौता भयो भन्ने छ के हो ? भनेर प्रधानमन्त्रीले सोध्दा पनि होइन पुरानासम्झौता हो भनेर भुक्याउनु भए छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले के गर्नु हुन्छ । अब त्यसपछि मात्र थाह हुने बताएका छन् । अहिले सरकार संविधानको धारका ७६(२) अनुसार गठन हुने एमाले र कांग्रेसले बताउदै आएका छन् । भने माओवादीले ७६(३) अनुसार सरकार गठन हुने दाबी गदै आएको छ ।

बजेट बनाउनु भन्दा पहिला छलफलको लागि ओली बोलाउदा नआएर विष्णु पौडेल पठायो । पछि बजेटको विरोध गर्नु भयो । बसेर त्यो विषय पनि हल गरियो । अन्तिम समयसम्म पनि झुट बोलेर सत्तागठबन्धनलाई धोका दिएको प्रचण्डले बैठकमा बताएको सचेतक रुपा चौधरीले बताइन् । उनले भनिन्, ‘ प्रधानमन्त्रीले बैठकमा ओलीको नियत नै संविधान माथि प्रहार गर्न खोजे जस्तो छ । हामी हुदा संविधानमाथि प्रहार गर्न सम्भव नहुने देखेर कांग्रेससँग मिलेको हुन । अन्ति समयसम्म पनि बाहिर हल्ला भएको मात्र हो । यो सरकार केहि हुदैन भनेर भन्यो । नर्मृल व्यवहार गरेर नै डुबायो ।’

विश्वासको मत लिने र अरु दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको छ ।