Bagmati Samachar Logo

कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरण ढाकछोप गर्न बन्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरण ढाकछोप गर्न कांग्रेस–एमालेबीच गठबन्धन बनेको हो भनेर प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको भए जनतालाई मान्य नहुने बताएका हुन्।

‘यदि भ्रष्टाचारलाई छामछुम पार्न, भुटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी इस्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न,’ उनले भने।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।