ताजा अपडेट
राजनीति

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा राय बाझियो, तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्नुपर्ने (पूर्णपाठ)

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा राय बाझियो, तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिटमाथि न्यायाधीशहरूको राय बाझिएपछि बिहीबार फैसला आउन सकेन ।

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुबेदीको संयुक्त इजलासमा बिहीबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि बहस भएको थियो । बसह सकिएपछि दुई न्यायाधीशबीच राय बाझिएपछि अब यो पूर्णइजलासमा गएको छ ।

न्यायाधीश सपना प्रधान मल्लले गरेको परमादेशमा लामिछानेमाथि सहकारी ठकी प्रकरणमा अनुसन्धान गर्नुपर्ने उल्लेख छ । तर, उनले पद छोड्नुनपर्ने उल्लेख छैन ।

अर्का न्यायाधीश सांरगा सुबेदीले भने फौजदारी कसुरको प्रारम्भिक जाहेरीले लिने प्रहरी भएकाले बहालवाला गृहमन्त्रीको प्रभाव पर्दैन भन्न नसकिने भएकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…