नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतिक थापासँग जोडिएको राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई कञ्चनपुरबाट पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सबैभन्दा बढी खोजेका व्यक्ति हुन झा । झा लाई नै प्रहरीले पक्राउ गरेपछि राजनीति समिकरण नै फेरबदल हुने अवस्थामा आएको छ ।
झा पक्राउ परेको २४ घण्टामा नेपाली राजनीति जति तरंगीत भयो त्यसबाट थाह लाग्छ झाको पहँुच कति छ भन्ने । झा पक्राउ परेको २४ घण्टामा नै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षको प्रमुख घटक एमालेलाई एक ठाउँमा ल्याएको छ ।
झाको सम्बन्ध कांग्रेसका शिर्ष नेताहरु र उनका परिवारसँग रहेको छ भन्ने कुरा राजनीतिक दौडधुप र गठबन्धन नै फेरबदल हुने अवस्थामा पुगेबाट थाह लाग्छ ।
अर्का पात्र हुन पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा । थापा शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा १४ महिनादेखि प्रहरीका फरार सूचिमा रहेका थापालाई शुक्रबार नै पक्राउ गरेको छ । उनको सम्बन्ध एमालेको शिर्ष तहका नेताका सचिवालयसम्म रहेको आसंका अनुसन्धानमा संलग्न प्रहरीलाई छ ।
जसका कारण एका एक एमाले अध्यक्ष केपी शर्मा ओली पनि कांग्रेस प्रतिलचिलो बनेको राजनीतिक वृतमा चर्चा सुरु भएको छ ।
ओली स्वकीय सचिब रहेका राजेश वज्राचार्यको नाम पनि यो प्रकरणमा जोडिएर आएको थियो ।
दुबै तर्फका शिर्ष नेताहरुका निकट व्यक्तिहरुका नाम यो मुद्दामा सुरुबाट नै जोडिदै आएका छन् । यो सम्बन्धका प्रमुख दुई पात्र अहिले पक्राउ परेपछि कांग्रेस एमाले स्वार्थ मिल्ने भएकाले गठबन्धन बन्न सक्ने देखिन्छ ।
झामाथि काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिकामात्र होइन मन्त्रीपरिषदबाट नै निर्णय गराउन महत्वपूर्ण भूमिका खेलको आरोपीहरुले बयान दिएका थिए । झाले यो प्रक्ररणमा मुछिएका गिरोहबाट २ करोड रुपैयाँ बुझेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी अधिकृत बताउछन् ।
यो प्रकरणमा मुछिएका व्यक्तिहरु २०७९ साल चैतबाट पक्राउ पर्न थालेका थिए ।
त्यो सिलसिला अहिलेसम्म जारी रहेको छ । झा पक्राउपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु भएको बताएको छ ।
झाको सिधा सम्बन्ध कांग्रेस उच्च तहका नेतासंग जोडिएको चर्चा पनि चल्दै आएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषदबाट निर्णय गराउने जिम्मा झाले लिएको यसै मुद्दामा अहिले जेलमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीले बयान दिएका थिए ।
बेचन झाबारे केसीको बयान अंश
मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैकमा रहेको खाताबाट बेचन झाको नाममा रु.२,००,००,०००।–(दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौँ स्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०ः०० बजे तिर भेटी दिएको हुँ ।
उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थी लाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो । बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यको लागी मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन् उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा सुकुमबासी पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिचौलियाको परियोजनामा, भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख नामहरु हटाएर पैसा बुझाउनेहरुको नाम राखिएको थियो । हो, त्यही नक्कली प्रतिवेदन मन्त्रिपरिषदबाट पास गराउने जिम्मा झाले लिएको शरण केसीको बयानमा उल्लेख छ । त्यो समयमा प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।
यो प्रतिवेदनबाट नाम हटाउने कुरामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण सहमत भइसकेका थिए । प्रहरीको खोजीको विषय बनेको छ खाँणले मात्र यतिकाम गराउन सक्थे अथवा तत्कालीन प्रधानमन्त्री नजिकका व्यक्तिहरुको पनि हात छ यो अब झाबाट खुल्ने छ ।
टेरामक्स प्रकरणमा कांग्रेसका नेता तथा पूर्वमन्त्रीहरू ज्ञानेन्द्र कार्की र मोहन बस्नेत संलग्न रहेर घोटाला गरेको आरोप छ । एमाले नेताहरुका पनि ओमनी यतिका काण्डहरुमा जोडिएको चर्चा चलिरहेको छ । सबै कुरामा कांग्रेस एमाले मिल्दा दुबैलाई फाइदा हुने देखेर गठबन्धन नै परिवर्तन गर्ने अवस्थामा पुगेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्: