ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेपछि प्रचण्डको जवाफ गठबन्धनबाट बन्नुस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउ प्रस्ताव गरेका छन् ।
बालुवाटारनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका थिए ।
स्रोतले भन्यो, ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ । त्यसपछि शान्ति प्रक्रियाका सबै समस्या म समाधान गर्छु भनेर अध्यक्ष ओलीले प्रस्ताव गर्नु भएछ ।’
कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रचण्डसंग घनिभूत छलफल थालेका ओलीले यस्तो प्रस्ताव गरेपछि प्रचण्डले पनि उनलाई यहि गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बताए ।
स्रोतका अनुसार प्रचण्डले ओलीलाई कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् ।
एमाले र कांग्रेसबीच करिब सहमति भइसकेपछि ओलीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको नेताहरु बताउछन्। केहि दिन यता कांग्रेस एमालेबीच सत्ता फेरबदलको बारेमा छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: