Bagmati Samachar Logo

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई कमिसनतन्त्र र भ्रष्टाचारले गाँजेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको बताउँदै लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गरे । दलको शासन, दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको उनको टिप्पणी छ । उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताए ।

अहिले लोकतन्त्रमा खतरा राजनीतिक दलहरूभित्रबाट नै रहेको यादवले बताएका छन् ।