पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन्ः सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।
नेपालमा ४३ प्रतिशत जनता गरिबीको रेखामूनि रछन् तर नेताहरु पाँच तारे होटलमा खाना खादै बस्छन् ती नेताहरुले समाजवाद ल्याउन नसक्ने दाबी गरे ।
आइतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए । उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताए ।
उनले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: