कम्युनिष्ट पार्टीबीच एकताको प्रक्रियातिर फेरि अघि बढिसकेका छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया अघि बढेको बताएका छन् ।
जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले कम्युनिस्ट एकताका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे ।
प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: