Swornakshar Logo

ओलीले सरकारप्रति असन्तुष्टि पोखेको भोलिपल्ट प्रचण्डसँग डेढ घण्टा लामो छलफल

काठमाडौंं । शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सरकारले विकास नगरेको भन्दै आलोचना गरेका थिए । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घण्टा लामो छलफल गरेका छन् ।

ओलीले बजेट ल्याउदा आफू र आफ्नो दलसँग छलफल नगरेको भन्दै सुरुदेखि आलोचना गदै आएका छन् । ओलीले माओवादी स्वार्थका योजनाले महत्व पाएको र एमालेका सुझाव नसुनिएको बताउदै आएका छन् । तर आइतबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच लामो संवाद भएको हो ।

संवैधानिक परिषद् बैठक बस्नुअघिको भेटमा संवैधानिक नियुक्तिमा पनि छलफल भएको सिंहदरबार स्रोत बताउँछ । प्रधानमन्त्रीको सचिवालयले पनि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री भेट्न ओली साढे १ बजे सिंहदरबार पुगेका थिए । उनी ३ बजे मात्र बाहिरिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यसपछि संवैधानिक परिषद् बैठक बोलाएका थिए । आज संवैधानिक परिषदको बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।