Swornakshar Logo

नक्कली लाइसेन्स प्रकरणमा उपचसचिवसहित पाँच जना पक्राउ

काठमाडौं । नक्कली सवारी लाइसेन्स प्रकरणमा पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक जना उपसचिवसहित ५ जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

बोगटीका अनुसार वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दीलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका छन् ।
यो प्रकरणमा पहिला पनि पक्राउ परेका छन् ।