Swornakshar Logo

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलायो

काठमाडौं । सरकारले विभिन्न ११ वटा देशको राजदूत फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र अमेरिकालगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले यसअघि कांग्रेससमेत सत्ता गठबन्धनमा रहेका बेला नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यस्तै राम राय (डेनमार्क), प्रा श्रीधर खत्री (अमेरिका), कान्ता रिजाल (इजरायल), प्राडा ज्योति प्याकुरेल भण्डारी (दक्षिण कोरिया) र नवराज सुवेदी (साउदी अरब) लाई फिर्ता बोलाएको छ ।

यस्तै कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाइएको छ ।