Swornakshar Logo

अब संसदीय समिति नबन्ने मनिष झाको घोषणा– देउवा, आरजु र जयवीरको फाइल खोल्न कांग्रेसलाई चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी प्रकरणमा अब संसदीय छानबिन समिति बनाउन नसकिने बताएका छन् । बिहीबारको संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अब कुनै हालतमा संसदीय छानबिन समिति नबन्ने बताए ।

उनले भने, ‘अब छानबिन समिति बन्दैन । कुनै हालतमा बन्दैन ।’  उनले नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवासहित उनकी पत्नी आरजु राणा र छोरा जयवीर देउवाको फाइल खोल्न तयार भएमा मात्रै रास्वपा आफ्ना सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न तयार हुने बताए ।

उनले भने, ‘के कांग्रेस तयार छ देउवा आरजु र जयवीरको फाइल खोल्न ? अब कांग्रेस आफ्ना सबै पदाधिकारीको फाइल खोल्न तयार भएमा मात्रै हामी पनि आफ्ना सभापतिविरुद्ध संसदीय समिति बनाउन तयार हुनेछौँ ।