Bagmati Samachar Logo

माओवादी र एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेले मधेस सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएको छ। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले पत्र बुझाउँदै समर्थन फिर्ता लिइएको जानकारी गराएका छन्।

माओवादीका दुई मन्त्री भरत प्रसाद साह र युवराज भट्टराईले आइतबार नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

त्यस्तै एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। गृह तथा सञ्चारमन्त्री समेत रहेका एमाले सांसद राजकुमार लेखीले आफ्ना मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका छन् ।

माओवादीका मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएलगत्तै समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेर बुझाइएका छन् ।

एमालेबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृतिमन्त्री प्रमोद जयसवाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह थिए।