Swornakshar Logo

इलाम–२ स्वतन्त्र उम्मेदवार थेगिमले गरे मतदान

इलाम । इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि ‘क’ बाट मतदान गरेका हुन् ।

यसअघि कांग्रेस उम्मेदवार डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि आ–आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

Ba