Swornakshar Logo

एमाले उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्काले गरे मतदान

काठमाडौं । इलाम २ को उपनिर्वाचमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले मतदान गरेका छन्।

दुवै जनाले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

इलाम २ को सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान समयमै सुरू भएको छ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।

Ba