Swornakshar Logo

रास्वपा उम्मेदवार लिम्बूले गरे माङसेबुङमा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् । उनले माङसेबुङ २ दहगाउँस्थित जनताकल्याण आ.वि. मा रहेको मतदान स्थलमा मतदान गरेका छन्।
जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा लिम्बूले पहिलो मतदान गरेका हुन्।

लिम्बू माङ्सेबुङ २ कै स्थानीय हुन्। सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरे।

उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गर्नु भएको मतदानस्थलमा १ हजार २०७ जना मतदाता छन्। जसमध्ये ‘क’ केन्द्रमा ५५८ र ‘ख’ केन्द्रमा ६१८ जना मतदाता छन्।

इलाम २ मा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का लगायत १९ उम्मेदवार छन्।

आज बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।

Ba