Swornakshar Logo

मदन र मनमोहनको नाममा खेलकुद भए त गजब्ब हुन्थ्याे जिउदाका नाममा खेलकुद प्रतियोगिता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरु मदन भण्डारी र मनमोहन अधिकारीको नाममा नभएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेका व्यङग्य गरेका छन ।

शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपालले उक्त कुरा बताएका हुन् ।
उनले भने,‘ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेका हुन् । एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो ।’

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु नजन्मिएको दाबी गरे । ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताए ।

उनले भने, ‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन् ? किनभने व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर ।’

नेकपा एमालेकोखेलकुद संगठनले पछिल्लो समयमा केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गदै आएको छ ।