Swornakshar Logo

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ, एमाले सरकारमा नजाने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नाउपाको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसैबीच सोडारी नेतृत्वको सरकारमा एमाले भने तत्काल सहभागी नहुने भएको छ । सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने निर्णय एमालेले गरेको हो ।

सोडारी विवादित पात्र रहेको भन्दै सुरुमा एमालेले उनलाई मुख्यमन्त्रीमा समर्थन गर्न मानेको थिएन । त्यसपछि कांग्रेससँग मिल्ने तयारी सोडारीले गरेका थिए । यसबाट झस्केको एमालेले उनलाई समर्थन दिए पनि सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।