Swornakshar Logo

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाएर सत्ता गठबन्धनको संकट टारिदै

काठमाडौं । सत्ता गठबन्धनमा संकट आएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने तयारी सुरु भएको छ । नेताहरू अहिले पनि कसरी समस्या समाधान गर्ने भनेर छलफलमा रहेका प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले बताए । उनले भने, ‘सुदूरपश्चिममा समस्या आएको छ । त्यो समस्या समाधान गर्न शीर्ष नेतृत्व छलफलमा हुनुहुन्छ । आजसम्म हल हुन्छ ।’

एक प्रदेशको मुख्यमन्त्रीलाई लिएर गठबन्धनमा नै समस्या आउने भएपछि गठबन्धनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एसलाई दिने तयारी गरेको स्रोतले बतायो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एसलाई मुख्यमन्त्री दिएर पनि भए सत्ता गठबन्धनको संकट टार्न सकारात्मक रहेको संकेत गरिन् । शिलापत्रसँग कुरा गर्दै उनले भनिन्, ‘एउटा प्रदेशको विवादको विषयलाई लिएर सबैतिर संकट आउनुभन्दा समझदारीमा जानुपर्छ भन्ने मान्यता हामीले राख्छौँ ।’

गठबन्धनमा अन्तिम समयमा सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिने निर्णय भएपछि एस रुष्ट बनेको थियो । सुरुबाट नै एसले एक प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । गठबन्धनमा पनि सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएको थियो । तर, अन्तिम समयमा नाउपालाई दिएपछि नेकपा एसले नाउपालाई मुख्यमन्त्रीमा समर्थन त गर्‍यो तर नेपाली कांग्रेससँग मिलेर ।

अहिले नाउपाको आन्तरिक लडाइँलाई केन्द्रमा राखेर एसलाई मुख्यमन्त्री दिने टुंगोमा गठबन्धनका नेताहरू पुगेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘नाउपाको दलको नेता को हो भन्ने नै प्रस्ट भएको छैन । निर्वाचन आयोगले प्रस्ट भनिदिनुपर्छ । त्यो समयसम्म प्रदेश सरकारलाई बन्धक बनाउनु हुँदैन । त्यही भएर आज साँझसम्म नयाँ निर्णय हुन्छ । नेकपा एसले मुख्यमन्त्री पाउने गरी नेताहरू छलफलमा हुनुहुन्छ ।’

केन्द्रमा मुख्यमन्त्री एसलाई दिनेगरी छलफल भएको र आज नै एसले मुख्यमन्त्री दाबी गर्न सक्ने एसका प्रदेश सांसद नरेश शाहीले बताए । उनले भने, ‘शीर्ष नेतृत्वबीच छलफल त्यतातर्फ गएको छ । आज नै मुख्यमन्त्रीमा हाम्रो पार्टीले दाबी गर्न सक्ने हुन्छ ।’

न्चबmmबच क्अजयय
िनाउपाको आन्तरिक विवादका कारण एक पक्षले लक्ष्मणकिशोर चौधरीलाई दलको नेता मानेर मुख्यमन्त्रीमा दाबी गरेको छ भने अर्को पक्षले कैलाश चौधरीलाई दलको नेता मानेर मुख्यमन्त्रीमा दाबी पेस गरेको छ ।