ललितपुरमा ‘ग्याङ फाइट’ : दुई जनाको मृत्यु, १८ पक्राउ
काठमाडौं । ललितपुरमा ‘ग्याङ फाइट’ हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति दुई समूहबीच विवाद हुँदा उक्त ‘ग्याङ फाइट’ भएको हो ।
ललितपुरको धोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप भएको प्रहरीले बताएको छ । झडपमा परी पाँचथर घर भइर धोलाहिटी बस्दै आएका २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भइ धोलाहिटी बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो ।
मृतकमध्ये एक जनाको शव सुमेरु अस्पताल र अर्को एक जनाको शव पाटन अस्पतालमा राखिएको र छुरा प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
यो घटनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । के कारणले घटना भएको हो भन्ने यकिन भइनसकेको प्रहरीको भनाइ छ । यद्यपि, उनीहरू होली खेलेको हुलियामा रहेका जनाइएको छ ।
घटनाको सम्बन्धमा विस्तृत अध्ययन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: