उपनिर्वाचनमा इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंङगो लगाएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवारब नाउने निर्णय गरेको छ ।
यही चैत २४ गते उपनिर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले पहिला नै सार्वजनिक गरेको छ।
गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। एमालेले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यस्तै बझाङ प्रदेश सभा क मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।
सचिवालय बैठकले इलाममा सुहाङ र बझाङमा जिल्ला अध्यक्ष भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गाडि दुर्घटनामा गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्: