प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठकमा कांग्रेसले अख्तियारले बयान लिएका मन्त्रीलाई हटाउन नदिदा गठबन्धन तोड्नु पर्ने बाध्यता आइ लागेको बताएका छन् ।
सोमबार बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महतले आफूले भनेको नमानेका कारण यो गठबन्धन तोड्नु पर्ने भएको ब्रिफिङ गरेको माओवादी सचिव गणेश साहले बताए । उनले प्रधानमन्त्रीको भनाइ भन्दै भने,‘अर्थमन्त्रीले आफूले भनेको पटक्क नैमान्दा अर्थतन्त्रमा सोचजति आसा जगाउन सकिएन । जसका कारण जनतामा निरासा थपिन थाल्यो । कांग्रेसले सहयोग नगर्दा उता एमालेले वामगठबन्धन होइन एकताको तयारी साथ जाउ भन्ने प्रस्ताव गरेका छन् । अब कांग्रेससँग अगाडि जान सकिदैन ।’
प्रचण्डले बैठकमा कांग्रेसले सहयोग नगरेको , महासमिति बैठकमा माओवादी जनयुद्धलाई नचाहिदो भनेको , कोशीमा पहिला सरकारब नाउदा धोका दियो पछि राष्ट्रिय सभामा धोका दियो । अब वामपन्थी मिलेर जानु पर्छ । त्यसको लागि अहिले वातवरण बनेको बताएका सचिव देवेन्द्र पौडेले बताए । प्रचण्डको भनाइ भन्दै पोडेलले भने,‘यताबाट हिड्दा पनि रिक्स छ अर्को बाटो हिड्दा पनि रिक्स छ । एक बाटो रोज्नु नै प¥यो । त्यहि भएर अर्को बाटो भन्दा वामपन्थीबाटो तुलनात्मक रुपमा सुरक्षित छ । सरकारमा भएपनि सजिलो छ । सडकमा गएपनि सहज छ । अर्थमन्त्रीले सहयोग नगर्दा झन अप्ठेरो भयो । कांग्रेसले सुरुबाट नै सरकार आफ्नो हो भन्ने सन्देश दिएन ।’
एमालेले वामपन्थी मिलेर जानु पर्छ भन्ने प्रस्ताव गरेकाले यो बाटो हिड्न तयार भएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।
कांग्रेसको एक पक्ष सरकारमा हुने अर्को पक्षले सरकारको र प्रधानमन्त्रीको खेदो खन्ने काम भयो । अन्तिमा आएर शान्ति प्रक्रियामा पनि अत्तो थाप्ने काम गरेको भन्दै प्रचण्डले पार्टी बैठकमा कांग्रेस प्रति गुनासो गरेका पौडेले बताए ।
सरकारमा कांग्रेसका मन्त्रीहरुको प्रफोमेन्स देखिएन भनेर लामो समयदेखि आलोचा भइरहेको थियो । सरकार माओवादीको जस्तामात्र भयो भनेर कांग्रेसको संस्थापन इतर समुहले प्रधानमन्त्री र मन्त्रीको चर्को आलोचना गदै आएका थिए ।
गृहमन्त्रीले फेर्न कांग्रेसले प्रधानमन्त्रीलाई दबाब दिदै आएका थिए । तर प्रधानमन्त्री गृहमन्त्री होइन अर्थमन्त्री फर्न चाहन्थे तर कांग्रेसले अर्थमन्त्रीले देशलाई श्रीलंकाको अवस्था आउनबाट जोगाएको भन्दै हटाउन नदिदा प्रधानमन्त्री प्रचण्डले दबाबमा सरकार चलाउनु परेको बैठकमा बताएका साहले बताए ।
साहले भने,‘प्रधानमन्त्रीले स्थायी समितिको बैठकमा नै कांग्रेसले धोका दिएको । नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आउन सक्छ भन्ने तरिकाले ब्रिफिङ गर्नु भएको थियो । सरकार संचालनमा कांग्रेसका कारण असहज भएपछि वामगठबन्धन बनेको हो । यो गठबन्धनको भविश्य पनि ठिक छ । हामी इमानदार हुदा पनि कांग्रेसले धोका दियो ।’
एमालेको प्रस्तावसँग प्रचण्ड ढीला विश्वस्त भएको बताइन्छ । राष्ट्रिय सभामा भागबण्डा गरौ भन्दा त्यति सहज रुपमा नमानेको एमालेले अध्यक्षमा सहयोग गर्छु भन्दा सहज रुपमा नलिएको बताइन्छ । तर अन्तिम समयमा कांग्रेसले टिआसी विधेयक नै समितिमा रोकेपछि प्रचण्डले कांग्रेसले बाग्रेनिङ गरेको बुझेको बताइन्छ ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…