Swornakshar Logo

सशस्त्र प्रहरीका डीएसपी स्वयंम्भुबाट पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । महिलालाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी शसस्त्र प्रहरी बलको पोखरा स्थित ४ नंम्बर बाहिनीमा कार्यरत थिए ।

पक्राउ परेका केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भुमा राखिएको छ । उनले स्वम्भुस्थित रेष्टुरेण्टमा महिलालाई दुर्व्यवहार गर्दै गोप्य भिडियो समेत खिचेको आरोप लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

केसीविरुद्ध उजुरी परेपछि प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान जारी रहेको छ ।