Swornakshar Logo

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडाैं । मन्त्रिपरिषद बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । भण्डारी विवादीत छविका मानिन्छन् ।

आजै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारी र भट्ट नियुक्त गरेको हो । भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा र भट्टलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त थियो ।

भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् । मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा प्रमोद जोशीलाई नियुक्त गरेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।