ताजा अपडेट
राजनीति

बाबुरामको पार्टीसँग एकता गर्न प्रचण्ड आफै अघि सरे

बाबुरामको पार्टीसँग एकता गर्न प्रचण्ड आफै अघि सरे

नेकपा माओवादी केन्द्र बाबु्राम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न तयार भएका छन् ।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गर्न संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको र त्यो समितिले बाबुराम भट्टराईको नेसपासँग छिटै पार्टी एकता गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य कमला रोकाले बताइन् ।

उनले भनिन्,‘अध्यक्षको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय भएको छ । उक्त समितिले छिटै बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने छ ।’

भट्टराई नेतृत्वको नेसपा गत वर्षको निर्वाचनमा प्रदेश र संघमा माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेको थियो । भट्टराईले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा छोडेका थिए । प्रचण्ड र बाबुराम गत वर्ष निकट थिए ।

तर राष्ट्रपतिको निर्वाचनको समयदेखि दुबै नेताबीच सम्बन्धमा खटपट सुरु भयो । असारमा समाजवादी मोर्चा बनाउदा बाबुराम र प्रचण्डबीच अझ दुरी बढ्यो ।

तर अहिले भने प्रचण्ड बाबुरामसँग एकता गर्न आफै अगाडि सरेका छन् । उनले आफ्नै नेतृत्वमा समिति बनाएर छिटै पार्टी एकता गर्ने स्थायी कमिटी बैठकमा निर्णय गराएका छन् ।

बाबुरामसँग पहिला एकता गरेर विप्लवसँग एकता गर्ने तयारीमा माओवादी रहेको बताइन्छ । जब कि माओवादी केन्द्रले विचार मिल्नेसँग एकता गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेको कार्यदल गठन गरेको छ । तर उक्त समितिले अहिलेसम्म कुनै पनि दलसँग एकता गर्न सकेको छैन ।

अहिले प्रचण्डले भट्टराई नेतृत्वको नेसपासँग एकता गर्ने योजना बनाएका छन् । जब कि गत वर्ष माओवादीका उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्माले भट्टराईसँग पहिला एकता गर्ने योजना बनाएका थिए । तर प्रचण्डले नचाहदा एकता भएको थिएन ।

नेसपाले पनि त्यो समयमा सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

तर केहि समय पहिलाबाट उताबाट पनि बाबुराम नै पार्टी एकता गर्ने गरी अगाडि सरेको बताइन्छ ।

पार्टी एकता गर्ने नै भएपछि आफ्नै नेतृत्वमा एकता गर्ने गरी बाबुरामले प्रचण्डसँग डिनर सहितको भेटघाट गरेका थिए ।

जब कि एक समयमा २०७२ सालमा माओवादी छाडेका बाबुरामभन्दा पहिले विप्लव ल्याउने तयारीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष कृष्णबहादुर महरा थिए । पुन र शर्मा बाबुरामलाई छिटो ल्याउन चाहन्थे । तर माओवादीका नेताहरुको आपसी दाउपेचले गर्दा विप्लवसँग पहिला एकता गर्ने कि बाबुरामसँग भन्ने थियो । अहिले बाबुरामसँग एकता गर्न प्रचण्ड नै अगाडि बढेका छन् । बाबुराम पनि पार्टी एकता गर्न तयार रहेको बताइन्छ ।

माओवादीमा विप्लवसँग एकता गरेर जानु पर्छ भन्नेमा एकमत भएपनि संगठनको भागबण्डामा सहमति छैन । जब कि महरा विप्लसँग एकता गरेर महासचिव नै बनाउने तयारीमा थिए । त्यसको लागि प्रचण्ड पनि तयार थिए । तर पछिल्लो समयमा माओवादीमा महरा र उनका छोरा सुन प्रकरणमा जोडिएपछि कमजोर बन्दै गएका छन् । जसको असर पार्टी एकता गर्ने कुरामा पनि परेको छ ।

महरा पार्टीमा कमजोर बनेपछि पुन र शर्मा हाबि भएका छन् । उनले विप्वलभन्दा पहिला बाबुरामसँग एकता गरेर जान चाहेका छन् ।

पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपा विभाजन भयो । विभाजन पछि उनको संगठन कमजोर हरेको विश्लेषण माओवादीको छ । उनीसंग अहिले संगठनात्मक रुपमा कमजोर रहेको हुदा ठूलै पद दिएर ल्याउन नहुने तर्क माओवादीका नेताहरुको थियो ।

विप्लवसँग सम्बन्ध पार्टी विभाजन गरेर धमेन्द्र बाँस्तोलाहरूले वैद्यसँग एकता गरे । विप्लवसंग पहिला जस्तो संगठन बलियो नभएकाले एकता गर्न नेताहरु धेरै चासो नदिनेमा पुगेका छन् । त्यसैमा सुरुमा नै विप्वलवलाई महासचिव बनाउने हल्ला चलेपछि माओवादी केन्द्रका नेताहरु एकता टादै गएका छन् ।

असारमा समाजवादी मोर्चामा बाबुरामलाई छोडेर विप्लवलाइ ल्याएका थिए । अहिले पनि विप्लवलाई मोर्चामा नै राखेर बाुबरामसँग एकता गर्ने तयारी गरेको रोका बताउछिन् ।

सशस्त्र द्वन्द्वको बचाउमा विप्लव खरो रुपमा प्रस्तुत हुदै आएका छन् । सांगठनिक रूपमा उनी निकै कमजोर बनेका छन् । त्यही भएर पनि माओवादी केन्द्रका दोस्रो तहका नेताहरू एक भएर उनलाई महासचिवमा रोक्न चाहन्थे । जसमा उनीहरु सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…