राष्ट्रियसभाको १९ सिटका लागि ५२ जना भिड्दै, माओवादी ठूलो दल बन्ने सम्भावना
काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिनेमा सबैभन्दा बढी नेकपा एमालेबाट १९ जना छन् । त्यस्तै नेपाली कांग्रेसबाट १०, राप्रपाबाट ९, माओवादी केन्द्रबाट ६, नेमकिपाबाट ४, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै जनमतले पनि राष्ट्रियसभामा उम्मेदवार उठाएको छ।
एमाले, राप्रपा र मदुर किसान पार्टी एक्ला एक्लै राष्ट्रियसभामा लड्ने भएका छन् । कांग्रेस माओवादी केन्द्र, नेकपा एस, जसपाले भने गठबन्धन गरेका छन् ।
राष्ट्रियसभामा माओवादी ठूलो दल बन्ने सम्भावना
राष्ट्रियसभाको आगामी चुनावमा मतभारका आधारमा गठबन्धनका १९ जना उम्मेदवार विजयी हुने सम्भावना देखिएको छ । त्यसमा माओवादीबाट उम्मेदवारी दिएका ६ जना नै निर्वाचित भएको अवस्थामा भने राष्ट्रियसभाको ठूलो दल माओवादी केन्द्र बन्ने देखिएको छ ।
अहिले राष्ट्रियसभामा माओवादी केन्द्रका १६ जना सांसद छन् । त्यसमध्ये विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको ६ वर्षे कार्यकाल सकिँदै छ । माओवादीबाट तीन जना सांसदको समयावधि सकिँदै गर्दा ६ जना थपिँदा माओवादी पहिलो दल बन्ने छ । राष्ट्रपतिबाट मनोनिति भएका नारायण दाहाल पनि माओवादी केन्द्रका सांसद हुन् । त्यसो हुँदा राष्ट्रियसभामा माओवादी केन्द्रका १९ सांसद हुनेछन् ।
राष्ट्रियसभामा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १० जना सांसद छन् । त्यसमध्ये चार जनाको समयावधि सकिँदै छ भने यो चुनामा कांग्रेसबाट १० जनाले उम्मेदवारी दिएका छन् । मतभारका आधारमा उनीहरू निर्वाचित हुने सम्भावना देखिएको छ । त्यसो हुँदा कांग्रेस १६ सांसदसहित राष्ट्रियसभाको दोस्रो ठूलो दल बन्ने देखिएको छ ।
राष्ट्रियसभामा अहिले राष्ट्रपतिबाट मनोनित एकसहित एमालेका १८ जना सांसद छन् । ८ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनितसहित ९ जना एमाले सांसदको समयावधि सकिँदै छ । अहिलेसम्मको मतभार विश्लेषण हेर्दा एमालेले जित्ने सम्भावना देखिएको छैन । त्यसो हुँदा यो चुनावपछि राष्ट्रियसभामा ९ सांसदसहित एमाले तेस्रो दल बन्ने देखिएको छ ।
ल्बदष् िद्यबलपक्बनबचmबतजब ऋझभलत
राष्ट्रियसभामा एकीकृत समाजवादीका अहिले ८ जना सांसद छन् । यो पार्टीका दुई सांसदको कार्यकाल सकिँदै छ भने उसले दुई जना नै उम्मेदवार उठाएको छ । नेकपा एसका दुवै उम्मेदवारले जितेको खण्डमा ८ सांसदसहित यो राष्ट्रियसभाको चौथो ठूलो दल बन्ने देखिन्छ ।
त्यस्तै अहिले जसपाका तीन जना राष्ट्रियसभा सदस्य छन् । त्यसमध्ये एक जनाको समयावधि सकिएको छ भने जसपाबाट एक जनाकै उम्मेदवारी परेको छ । जसपाबाट उम्मेदवारी दिएका उनले जितेमा तीन सांसदसहित जसपा राष्ट्रियसभामा रहने देखिएको छ ।
नेपाली कांग्रेस
कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, कृष्ण रोकाया, नारायण दत्त भट्ट, बलदेव बोहरा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ र विष्णुदेवी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले
एमालेबाट रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, रोचकुमारी चौलागाई, विजाता झा, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा, सम्झना देवकोटा, चक्रबहादुर पराजुली, हेमन्द्र शेरचन, तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री, विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक, सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा
राप्रपाबाट उद्धव पौडेल, हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, निरञ्जन थापा र विजयलक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् । राप्रपाले अरु उम्मेदवार उठाउन चाहे पनि मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधि एक–एक जना मात्रै हुँदा प्रस्तावक र समर्थक राख्न राप्रपाले मान्छे नै पाएन ।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रबाट राष्ट्रियसभाका लागि चम्पादेवी कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्दले उम्मेदवारी दिएका छन् ।
नेमकिपा
नेपाल मजदुर किसान पार्टीबाट राष्ट्रियसभा निर्वाचनमा चार जनाले उम्मेदवारी दिएका छन् । हिमालयश्वर मूलले प्रतिनिधि बलराम सिम्बन्जारमार्फत र श्रीकृष्ण महर्जन, संगीता नेपाली र कृष्ण लक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।
एकीकृत समाजवादी
एकीकृत समाजवादीबाट राष्ट्रियसभामा घनश्याम रिजाल र सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपा
जनता समाजवादी पार्टीबाट राष्ट्रियसभामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्: