युद्धमा हुदा टाउकोको मूल्य तोके, अहिलेपनि दुस्प्रचार गरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु युद्धमा हुदा टाउको मूल्य तोकेको र अहिले दुस्प्रचार गरिरहेका बताएका छन् ।
पार्टी कार्यलय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाइै सम्बोधन गदै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
अहिलको सरकारले सकारात्मक काम गर्दा प्रतिक्रियावादी ,दलाल सामान्तलाई सह्य भएको छैन । त्यहि भएर दुस्प्रचारमा लागेको बताए ।
उनले भने,‘युद्धमा हुदा टाउकोको मूल्य तोकेका हुन । अहिले राम्रो काम गरेको नपचेपछि दुस्प्रचारमा लागेका छन् । युद्धमा यीनले टाउको मूल्य तोक्दा पनि अगाडि बढेका हौ । अहिलेको दुस्प्रचार चिरेर अगाडि बढ्छौ ।’
परिवर्तनको बाहक माओवादी र माओवादीको नेतृत्व प्रचण्डले राम्रो काम गरेको एक वर्गले चाहदैन । आफूलाई हुम्युलेसन भएको सोच्छ र दुस्प्रचारमा लाग्ने गरेको प्रचण्डले बताए ।
अहिले पनि रातदिन यो सरकार ढाल्ने कसरत भइरहेको तर सरकार नढल्ने पुरा कार्यकाल चल्ने दाबी प्रचण्डले गरे ।
परिवर्तन विरोधीहरुले माओवादी र यसको नेतृत्व विरुद्ध भ्रम छर्ने काम तल्लो स्तरबाट गरिरहेको र यसको प्रतिवाद गरेर मिडियाले सत्य स्थापित गर्नु पर्ने उनले बताएका छन् । उनले भने,‘म दुबइमा थिए । कोप सम्मेलनमा थिए । म नेपालको अधिकारको लागि कोपमा लडाइ लडिरहेको थिए । यहाँ एनसेल खरिदबिक्रि भयो भन्ने समाचारबाट थाह पाए । सतर्कता पूर्वक अध्ययन गर्न निर्देशन दिए । आउने बित्तिकै चासोका साथ कर, नेपालले पाउने सहमतिका बारेमा सम्बन्धिमन्त्रालयलाई निर्देशन दि । तर दुस्प्रचार गर्ने काम भयो ।’
यो विषयमा सरकारले मात्र नभएर गठबन्धन दलहरुको बैठक बोलाएर छानबिन गर्न र बोल्डी निर्णय गर्ने प्रस्ताव आफैले राख्दा बाहिर एनसेलमा पहिला भन्दा बढी भ्रष्टाचार प्रचण्डले गर्यो भनेर घटिया प्रचार भएको भन्दै आक्रोस पोखेका छन् । उनले भने,‘देशको पक्षमा जनताको पक्षमा काम गर्दा पनि यस्तो झुटा र घटिया प्रचार भयो । झुटा र घटिया प्रचारको प्रतिवाद गरेर जनतालाई सहि सूचना दिनु पर्छ ।’
अन्तर्राष्ट्रिय मानवअधिककार दिवसको दिन युद्धको समयमा सबै थरिका शहिदपरिवारm वेपत्ता परिवार, घाइते सबै खालका पिडितलाई बालुवाटारमा बोलाएर संवाद गर्दा एक थरि लाई शान्ति प्रक्रिया टुङ्गीने भयो भनेर हजम हुन सकेको छैन ।
उनले भने,‘अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन युद्धका क्रममा शहीद भएका परिवारहरु, बेपत्ता भएका योद्धाका परिवारहरु सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद गरे । तर, एकथरीलाई यो पचिरहेको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गीन लाग्यो भन्दै झुटो प्रचारमा लागेका छन् । सरकारलाई दबाद दिने काम भएको छ ।’
अर्थतन्त्र अहिले पनि ठूलो दबाबमा रहेको छ तर सुधारका काम गर्ने प्रयास भइरहेको बताए । राष्ट्र बैकले केहि निति गत रुपमा सुधार गर्दा सहज भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: