Swornakshar Logo

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमानै मृत्यु

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।

मकवानपुरको मकवानपुरगढी २ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए । घटनामा मोटरसाइकल चालक ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रवक्ता तथा डीएसपी भण्डारीले बताए ।

सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ ।

मकवानपुरगढी २, कुर्ले पाखा बस्ने स्याङ्तानको टाउकोमा चोट लागी गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।