Swornakshar Logo

काठमाडौँबासीले नसघाएको गुनासो गदै दुर्गा प्रसाईंले आन्दोलनको बिट मारे

काठमाडौँ । दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
प्रसाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।

गणतन्त्र नै फालेर राजतन्त्र फर्काउने भन्दै काठमाडौंमा प्रदर्शन गरेका दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा काठमाडौं उपत्यकावासी सहभागी नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनको समूहले शनिबार सिफलचौरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ७० प्रतिशत सटरहरू बन्द भइसकेको दाबी गर्दै उपत्यकाका घरहरू अब खाली हुने बताए । उनले भने, ‘अब भाडामा बस्ने मान्छे पाइने छैन ।’

प्रसाईंले बाहिर निस्किन काठमाडौंवासीले ढिला गर्न नहुनेसमेत बताए । उनले भने, ‘अब कतिदिन टिक्नुहुन्छ काठमाडौंवासी हो रु तपाईंहरू बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।’