Bagmati Samachar Logo

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परि मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

घाइतेको संख्या १६६ पुगेको छ । तीमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।