Swornakshar Logo

सर्वोच्चको परमादेशपछि रिगलले गरेका थिए प्रहरीसँग आत्मसमर्पण, झण्डै १२ वर्ष कैद बस्नु पर्ने

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका योगराज ढकाल (रिगल) लाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बदर गरिदिएको थियो। कैद मिनाह गरेसँगै उनी आजै पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको जानकारी दिएका छन्।

तर स्रोतका अनुसार रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका बताएका छन् । नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ।

प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।

‘सर्वोच्चको आदेशपछि हामीले रिगलको खोजी गरेका थियौं। उहाँले सेतु विक चोकमा प्रहरीसँग आत्मसमर्पण गर्नुभयो,’ उनले भने, ‘उहाँले सर्वोच्चको आदेश पालना गर्ने बताउनुभएको छ।’

पक्राउ पछि रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको देखिएको छ।