प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य
काठमाडौं । खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस्: