एमालेमा विष्णु र शंकरकाे शक्ति संघर्ष : बागमतीमा दाहाल र ढुंगेल चुनाव लड्ने
काठमाडौ । एमालेको बागमती प्रदेश अधिवेशनमाकाे तेस्राे दिनबाट नेतृत्व चयनमा सुरू भएकाे छ । सोमबार उद्घाटनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका थिए । अझ प्रतिस्पर्धा भएपनि प्यानलै बनाएर चुनाव लड्ज नपाउने त्यसाे गरेकाे पाईएमा उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिएका थिए। तर, ओलीको आग्रहविपरीत चुनावबाट नेतृत्व चयन गर्ने तयारीमा एमाले नेताहरू देखिएका छन् ।बागमतीको अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्वपोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डे आकांक्षी देखिएका छन् ।
तर, चुनावी प्रतिस्पर्धाकै स्थितिमा भने दाहाल र ढुंगेल मात्र मैदानमा रहने एमाले स्राेतले बतायाे ।
प्रदेश अधिवेशनमा १ हजार १५० भन्दा बढी प्रतिनिधि छन् । उनीहरू सर्वसम्मत चुनिएर आएका हुन् ।
पोखरेल र पौडेल गुट
एमालेमा मुख्य रूपमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट सक्रिय छ । पौडेल र पोखरेल दुवै परम्परागत ओली गुटका नेता हुन् । तर, ओलीको बढ्ता झुकाव पोखरेलतिर रहेको एमाले नेताहरू बताउँछन् ।
बागमती प्रदेशमा पनि यी दुई गुटबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी दुवै गुटबीच लुम्बिनी प्रदेशको अधिवेशनमा पनि प्रतिस्पर्धा भयो । लुम्बिनीमा पौडेल गुटले लगभग पदाधिकारीमा एक जना छोडेर सबैमा जित निकालेको थियो । बागमती प्रदेशमा पनि त्यही गुटगत प्रतिस्पर्धाको पुनरावृत्ति देखिने भएको हो ।
ओलीले उद्घाटन सम्बोधनमा एमाले विभाजन गर्न र कमजोर पार्न गुट भएको समाचार आएको टिप्पणी गरे पनि बागमतीमा उनले नै गुटलाई महत्त्व दिएको एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
‘अध्यक्षले नै एक जना बोकेर हिँडेपछि अर्कोले गुट बनाउन पाइँदैन भन्नु गलत हो । अध्यक्षको नै गुट छ । जुन कुरा लुम्बिनीको अधिवेशनमा पनि देखियो,’ ती नेताले भने, ‘बागमतीमा पनि देखिएको छ । गुट छैन भन्नु त बाहिर देखाउनलाई हो ।’
sagarmathakeystoneglobalnetwork
पोखरेल भने ढुंगेललाई अध्यक्ष बनाउन लागिपरेका र त्यसमा ओलीको पनि सहयोग रहेको एमाले नेताहरू बताउँछन् । पोखरेल त्यसकाे माहाेल बनाउन सक्रिय रहेको उनको भनाइ छ ।
ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजनामन्त्री थिए । रामेछाप जिल्ला कमिटीमा तीनपटक पार्टी अध्यक्ष बनेका थिए । अहिले उनी केन्द्रीय सदस्य छन् । उनी २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका थिए । उनी संघीय संसदको निर्वाचनमा भने चारपटक हारेका थिए ।
यसबारेमा पोखरेलले पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटासँग पनि छलफल गरेका छन् । तर, बास्कोटाबाट पोखरेलले ग्रिन सिग्नल भने पाउन नसकेको बताइएको छ ।
एमालेमा बास्कोटा पौडेलनिकट मानिन्छन् । पौडेल गुटबाट दाहाल अध्यक्षका दाबेदार हुन् । पौडेल र बास्कोटा दाहाललाई अध्यक्ष बनाउन सक्रिय छन् । दाहाल मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए । २०५१ सालमा कमल थापासँग चुनाव हारे पनि अरु चुनाव जितेका थिए ।
दाहाल प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापति थिए । भूगोलमा राम्रो छवि बनाएका दाहाललाई अध्यक्ष बनाउन पौडेल र बास्कोटा सक्रिय रूपमा लागेका छन् । यसमै थपिएका छन् गाेकुल बास्कोटा र महेश बस्नेत गुट पनि ।
बागाती प्रदेशमा यी दुबै नेताका गुट छन् ।
पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले बागमती प्रदेशमा आ–आफ्ना गुट चलाइरहेका छन् । यो अधिवेशनमा यी दुई नेताका गुटको प्रभाव पर्ने छ । दुई नेताले फरक फरक नेताहरूलाई समर्थन गरेका छन् । बास्कोटाले उपाध्यक्ष पौडेलको गुटलाई समर्थन गरेका छन् । बस्नेतले महासचिवको गुटलाई समर्थन गरेका छन् ।
त्यही भएर महासचिव पोखरेलले केही दिन पहिला बास्कोटासँग छलफल गरेका थिए ।
अझ रोचक त के छ भने यी दुई पोलिटब्युरो सदस्यहरू केन्द्रमा पौडेल निकट मानिन्छन् । तर प्रदेशको राजनीतिमा आफ्नै स्वार्थका कारण दुई नेताहरू दुई तर्फ विभाजन भएका छन् । बस्नेत बास्कोटाका कारण पोखरेलतर्फ लागेका एक नेता बताउँछन् ।
बास्कोटाले दाहाललाई समर्थन गरेका छन् । यो पक्षले सचिवमा भने सिन्धुपाल्चोकका सुवास कर्माचार्यलाई मैदानमा उतार्ने तयारी गरेका छन् । कर्माचार्यलाई नेकपा एसबाट सचिव बनाउने बचन दिएर एमालेमा फिर्ता ल्याएको चर्चा छ । कर्माचार्यलाई एमालेमा फर्काउनमा बास्कोटाको महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यही भएर पनि बास्कोटा अध्यक्षमा दाहाल र सचिवमा कर्माचार्यलाई नेतृत्वमा ल्याउन चाहन्छन् ।
बस्नेतले गुट परिवर्तन गरेपछि उनी ढुंगेललाई अध्यक्ष बनाउने पक्ष छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा आकांक्षी रहेका बताइन्छ । महासचिव पोखरेल ढुङ्गेलको विकल्प खोज्नु परेमा चितवनका कृष्णभक्त पोखरेल अगाडि सार्ने रणनीतिमा देखिन्छन् ।
बागमतीमा १० बुँदे खेमाका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे निकट मानिन्छन् पोखरेल । त्याे समूहकाे प्रतिनिधित्व हुने गरी पोखरेल ल्याउने तर पौडेलले समर्थन गरेका दाहाललाई रोक्ने रणनीतिमा महासचिव पोखरेल देखिन्छन् । त्यसमा अध्यक्षा ओलीकाे पनि संकेत रहेकाे एमाले नेताहरू दाबी गर्छन् ।
तर, बालकाेटनिकट स्राेत भने ओलीले पाेखरेललाई कुनै आश्वासन नदिएकाे बताउँछ । पाेखरेल स्वयं पनि सर्वसम्मत हुने भए मात्र अध्यक्ष हुने मुडमा छन् । उपाध्यक्षद्वय शाक्य र पाण्डेकाे साथले चुनाव जितिन्न भन्ने उनले बुझेका छन् । प्रदेश अध्यक्ष फुत्किए केन्द्रीय सदस्य मनाेनित हुने आशामा उनी छन् ।
अध्यक्षकै लागि अहिलेका प्रदेश अध्यक्ष पाण्डे पनि आकांक्षी छन् । तर, मैदानमा केन्द्रीय नेताहरू नै उत्रेपछि उनलाई दुवै गुटबाट समर्थन नरहेको बताइन्छ । चुनाव भएमा दाहाल, ढुङ्गेल र पोखरेलबीच हुने सम्भावना देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्: