नेकपा एसमा विवादः एक केन्द्रीय सदस्यले छोड्नेदेखि अर्को ओली जन्माउन विद्रोह नगरेको भनाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।
आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गोु भनेर स्टाटस लेखेका थिए ।
उनले केन्द्रीय कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै पार्टी परित्याग गरित्याग गरेको बताएका छन् । बैठकपछि अर्कै निर्णय गरेकोमा असन्तुष्ट रहेकोले पार्टीमा बस्नुको औचित्य नभएकोले पार्टी परित्याग गरेको घोषणा गरेको बताए ।
आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् । महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन् ।
त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ । पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन् ।
असन्तुष्ट रहँदै आएकी रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी छन्। यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै उनी असन्तुष्ट थिइन्।
पार्टी सचिवको भूमिका रहेकी उनलाई युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।
पूर्वमन्त्री पराजुलीलाई सचिवमा मनोनित
एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए ।
उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका थिए । बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो ।
केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: