नेम्वाङको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
अस्पतालबाट ललितपुरको च्यासल पार्टी कार्यालय पुर्याइएको नेम्वाङको शवमा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।
हृदयाघातका कारण गए राति नेम्वाङको निधन भएको थियो ।
यसैगरी, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् ।
यसैगरी, अर्थमन्त्री महतले पनि नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: