अनेम संघ क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीद्धारा तिज विशेष कार्यक्रम
हेटौंडा । अनेम संघ (क्रान्तिकारी) हेटौंडा उप महानगर कमिटीको तिज विशेष कार्यक्रम आयोजना गरेको छ । माओवादी पार्टीको भातृ संगठन अनेम संघ क्रान्तिकारीले जनतासग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिदै तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।
तीज पर्वको अवसर पारेर संगठनले शनिबार हेटौंडामा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान थिइन् । विशेष अतिथिमा राष्टिय सभाका सांसद रामनारायण विडारी र माओवादी केन्द्रका केन्द्रीय सदस्य ढीपी ढकाल रहेका थिए ।
मोक्तानले हाम्रा संस्कृतिहरु भड्किलो हुदै गएकोमा चिन्ता व्यक्त गरेकि छन् । उनले भनिन, ‘हाम्रा चाडपर्वहरु खर्चिला र भड्किदा हुदै गएका छन् । हामी परिवर्तनकारीहरुले त्यस्तो गर्नु हुन्न । तिज पनि भड्किलो बन्दै गएको छ । लुगाकपडा प्रर्दशन गर्ने थलो बनेको छ । दिदी बहिनी आफन्त भेट हुने तिज अहिले देखाउटी बनेको छ । यसलाई हामीले हटाउनु पर्छ । भेटघाट हुने सम्बन्धहरु सुमधुर बनाउने रुपमा मनाउनु पर्छ ।’
माओवादीले अहिले तीन महिने जनताको घरघरमा माओवादी विशेष रुपमान्तरण अभियान संचालन गरेको छ । जस अनुसार माओवादी हरेक जनताको घर घरमा पुगी रहेको छ । पार्टी कमिटीहरु पनि सक्रिय भएका छन् । तीजको अवसर पारेर संगठनले शुभकामना आदान प्रदान गदै जनतासँग एकाकार हुने अवसरको रुपमा प्रयोग गरिरहेको छ ।
कार्यक्रम पार्टी कार्यलयमा आयोजना भएको हो ।
प्रतिक्रिया दिनुहोस्: