माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोराको नाम जोडिएको छ ।
राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।
प्रतिक्रिया दिनुहोस्: