Swornakshar Logo

कांग्रेस सांसद सुनील शर्मा काठमाडौंबाट पक्राउ

काठमाडौँ । प्रतिनिधिसभाका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसबाट सांसद जितेका हुन ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै आएका थिए । उनले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजिनामादिनु पर्ने बताएका थिए ।
यही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए