माओवादी बैठकमा दोस्रो तहका नेताहरुले गुटबन्दी गरेको आरोप
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका छन् ।
प्रज्ञा भवनमा जारी बैठकमा बोल्ने अधिकांश नेताहरूले पहिलो र दोस्रो तहका नेताहरुको चर्को आलोचना गरेका छन् ।
नेताहरुको विचार र व्यवहारमा भिन्नता आउदा माओवादीको ओराला यात्रा जारीरहेको बताएका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारवाद हाबी हुदा कार्यकर्तामा निराशा आएको बताए ।
बैठकमा बोल्ने क्रममा नेताहरुले गुटका आधारमा कार्यकर्ताको मूल्याङकन हुने परिपाटीले अन्याय भएको बताएका छन् ।
पहिलो र दोस्रो तहका नेताहरु परिवारवादमा रमाउदा पनि पार्टीमा समस्या आएको अधिकासं बोल्ने नेताहरुले आक्रोश पोखेका छन् ।
नेताहरुको गुटमा भएका र गुटमा नलागेकाबीच भिन्नता छ । पार्टीमा मूल्याङकन विधि नहुदा कार्यकर्ताहरुमा निरासा आएको छ । पार्टीमा संस्थागत प्रक्रिया र पद्धति नहुदा स्वार्थी समुह जन्मिएको नेता ओपप्रकाश पुनले बताए ।
निगाहमा माओवादीमा पद पाउनु पर्ने अवस्था आउदा कार्यकर्ताहरुले काम गर्न छोड्नु स्वभाविक भएको भन्दै नेताको व्यवहार प्रति बोल्ने नेताहरुले असन्तुष्टि पोखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदारताका कारण पार्टीमा समस्या आएको नेताहरुले धारणा राखेका छन् । जिम्मेवारी बाडफाडले कार्यसम्पादनमा समस्या आएको छ ।
माओवादीको सांगठननिक संचरचना नयाँ बनाउनु पर्ने कुरा बैठकमा उठेको छ ।
माओवादीले चुनाव जित्नलाई पैसा भए पुग्छ भन्ने चिन्तन राख्दा समस्या आएको छ । नेताहरुलाई पार्टी ,संगठन कार्यकर्ता होइन पैसा भए हुन्छ भन्ने पुँजीवादी चिन्तन हावी भएको जुन माओवादी विचार भन्दा कोसौ टाढा पुगेको आरोप लगाए ।
सधै एक जनाले लाभको पदमा बसिरहदा अर्को दुख गरेको नेता कार्यकर्ताले अवसर नपाउने प्रवृतिमा जब सम्म सुधार आउदैन माओवादीमा परिवर्तन नआउने अधिकाशं नेताहरुले बैठकमा राखेका छन् ।
जनतामा जादा आसा लाग्ने तर माथि आउदा निराशामात्र देखिने नेतृृत्वका कारण आएको धारणा पनि आजको बैठकमा आएका छन् ।
प्रचण्ड राजनीतिक रुपमा निपूर्ण तर सांगठनिक रुपमा उदार हुदाँ पार्टीमा कुनै परिवर्तन नदेखिएको धारणा केन्द्रीय सदस्यले राखेका छन् ।
माओवादी नेताहरु जे बोल्छन् त्यो काम गदैनन् । जे बोल्दैन त्यहि काम गरेर पार्टी सकिएको हो ।
जनयुद्ध लडेको घाइते अपाङ शहिद परिवारको विजोग हुलदा पनि पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै आक्रोस पोखेका छन् । माओवादीमा बदलिएको समाज र र पुरानो पार्टी संरचना हुदा समस्या आएको धारणा पनि आएको छ ।
यो बैठकबाट माओवादीमा पुस्तान्तरण, निर्वाचनबाट नेतृत्व छान्नु पर्ने र विचार र व्यवहारबीच नेताहरुमा तालमेल नभएको भन्दै चर्को आलोचना भएको छ । जब कि यो भन्दा पहिला माओवादीमा एकल नेतृत्वले जे भन्यो त्यहि हुन्थ्यो बैठक भेलामा नेतृत्वको आलोचना यति हुदैन थियो । यो पटकबाट प्रमुख नेतृत्वको नै आलोचना सुरु भएका सहभागी एक नेताले बताए । ती नेताले भने,‘माओवादीले अब सकिन्छौ भनेर पनि नेतृत्वको आलोचना भएको छ । यो भन्दा पहिला नेतृत्वले जे गरेपनि समर्थन गर्थे अहिले भने आालोचना भएको छ । विचार, सिद्धान्त , व्यवहार सुर्धानु पर्ने र पुस्तान्तरण हुनु पर्ने माग उठेको छ ।’
माओवादीमा दोस्रो तहका नेताहरुले बिचौलियासँग सम्बन्ध राख्दा पार्टी ध्वस्त भएको नेताहरुले बताए ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न समयमा भएका सुन तस्करीमा माओवादी नेताहरुको नाम जोडिएका समाचार बाहिर आउदा त्यसले पार्टी प्रति जनताको धारणा नकारात्मक सन्देश गएको बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार सुन तस्करी प्रकरणमा पार्टीकै शीर्ष नेताहरूको नाम मुछिएको विषयले प्रवेश पाएको हो । उनका अनुसार सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष ढंगले गर्नुपर्ने र संलग्न भएको पाइएमा कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
’साथीहरूले सुन तस्करी प्रकरणबारेको छानबिन हुनुपर्छ र संलग्न जोसुकै भए पनि उनीहरूलाई छोड्न हुँदैन भन्ने कुरा राख्नुभएको छ,’ ती नेताले भने ।
माओवादीबाट संसदमा ३२ जना सांसद भएपनि माओवादीको पक्षमा बोल्ने नेताहरू नभएको गुनासो नेताहरुले गरेका छन् ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले संसदमा बोल्ने माओवादी सांसदहरू नै नभएको गुनासो गरेका छन् । ’संसदमा बोल्ने माओवादीका सांसदहरू नै भएनन् । संसदमा माओवादी केन्द्रको उपस्थिति राम्रो देखिएको छैन,’ बैठकमा नेताहरूले भनेका छन् । बैठकमा अहिलेसम्म ६० भन्दा बढी नेताहरूले आफ्नो धारणा राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: