ताजा अपडेट
राजनीति

माओवादी बैठकमा  दोस्रो तहका नेताहरुले गुटबन्दी गरेको आरोप

माओवादी बैठकमा  दोस्रो तहका नेताहरुले गुटबन्दी गरेको आरोप

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका छन् ।

प्रज्ञा भवनमा जारी बैठकमा बोल्ने अधिकांश नेताहरूले पहिलो र दोस्रो तहका नेताहरुको चर्को आलोचना गरेका छन् ।

नेताहरुको विचार र व्यवहारमा भिन्नता आउदा माओवादीको ओराला यात्रा जारीरहेको बताएका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारवाद हाबी हुदा कार्यकर्तामा निराशा आएको बताए ।
बैठकमा बोल्ने क्रममा नेताहरुले गुटका आधारमा कार्यकर्ताको मूल्याङकन हुने परिपाटीले अन्याय भएको बताएका छन् ।

पहिलो र दोस्रो तहका नेताहरु परिवारवादमा रमाउदा पनि पार्टीमा समस्या आएको अधिकासं बोल्ने नेताहरुले आक्रोश पोखेका छन् ।

नेताहरुको गुटमा भएका र गुटमा नलागेकाबीच भिन्नता छ । पार्टीमा मूल्याङकन विधि नहुदा कार्यकर्ताहरुमा निरासा आएको छ । पार्टीमा संस्थागत प्रक्रिया र पद्धति नहुदा स्वार्थी समुह जन्मिएको नेता ओपप्रकाश पुनले बताए ।

निगाहमा माओवादीमा पद पाउनु पर्ने अवस्था आउदा कार्यकर्ताहरुले काम गर्न छोड्नु स्वभाविक भएको भन्दै नेताको व्यवहार प्रति बोल्ने नेताहरुले असन्तुष्टि पोखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदारताका कारण पार्टीमा समस्या आएको नेताहरुले धारणा राखेका छन् । जिम्मेवारी बाडफाडले कार्यसम्पादनमा समस्या आएको छ ।

माओवादीको सांगठननिक संचरचना नयाँ बनाउनु पर्ने कुरा बैठकमा उठेको छ ।

माओवादीले चुनाव जित्नलाई पैसा भए पुग्छ भन्ने चिन्तन राख्दा समस्या आएको छ । नेताहरुलाई पार्टी ,संगठन कार्यकर्ता होइन पैसा भए हुन्छ भन्ने पुँजीवादी चिन्तन हावी भएको जुन माओवादी विचार भन्दा कोसौ टाढा पुगेको आरोप लगाए ।

सधै एक जनाले लाभको पदमा बसिरहदा अर्को दुख गरेको नेता कार्यकर्ताले अवसर नपाउने प्रवृतिमा जब सम्म सुधार आउदैन माओवादीमा परिवर्तन नआउने अधिकाशं नेताहरुले बैठकमा राखेका छन् ।
जनतामा जादा आसा लाग्ने तर माथि आउदा निराशामात्र देखिने नेतृृत्वका कारण आएको धारणा पनि आजको बैठकमा आएका छन् ।

प्रचण्ड राजनीतिक रुपमा निपूर्ण तर सांगठनिक रुपमा उदार हुदाँ पार्टीमा कुनै परिवर्तन नदेखिएको धारणा केन्द्रीय सदस्यले राखेका छन् ।

माओवादी नेताहरु जे बोल्छन् त्यो काम गदैनन् । जे बोल्दैन त्यहि काम गरेर पार्टी सकिएको हो ।
जनयुद्ध लडेको घाइते अपाङ शहिद परिवारको विजोग हुलदा पनि पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै आक्रोस पोखेका छन् । माओवादीमा बदलिएको समाज र र पुरानो पार्टी संरचना हुदा समस्या आएको धारणा पनि आएको छ ।

यो बैठकबाट माओवादीमा पुस्तान्तरण, निर्वाचनबाट नेतृत्व छान्नु पर्ने र विचार र व्यवहारबीच नेताहरुमा तालमेल नभएको भन्दै चर्को आलोचना भएको छ । जब कि यो भन्दा पहिला माओवादीमा एकल नेतृत्वले जे भन्यो त्यहि हुन्थ्यो बैठक भेलामा नेतृत्वको आलोचना यति हुदैन थियो । यो पटकबाट प्रमुख नेतृत्वको नै आलोचना सुरु भएका सहभागी एक नेताले बताए । ती नेताले भने,‘माओवादीले अब सकिन्छौ भनेर पनि नेतृत्वको आलोचना भएको छ । यो भन्दा पहिला नेतृत्वले जे गरेपनि समर्थन गर्थे अहिले भने आालोचना भएको छ । विचार, सिद्धान्त , व्यवहार सुर्धानु पर्ने र पुस्तान्तरण हुनु पर्ने माग उठेको छ ।’

माओवादीमा दोस्रो तहका नेताहरुले बिचौलियासँग सम्बन्ध राख्दा पार्टी ध्वस्त भएको नेताहरुले बताए ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न समयमा भएका सुन तस्करीमा माओवादी नेताहरुको नाम जोडिएका समाचार बाहिर आउदा त्यसले पार्टी प्रति जनताको धारणा नकारात्मक सन्देश गएको बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार सुन तस्करी प्रकरणमा पार्टीकै शीर्ष नेताहरूको नाम मुछिएको विषयले प्रवेश पाएको हो । उनका अनुसार सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष ढंगले गर्नुपर्ने र संलग्न भएको पाइएमा कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

’साथीहरूले सुन तस्करी प्रकरणबारेको छानबिन हुनुपर्छ र संलग्न जोसुकै भए पनि उनीहरूलाई छोड्न हुँदैन भन्ने कुरा राख्नुभएको छ,’ ती नेताले भने ।

माओवादीबाट संसदमा ३२ जना सांसद भएपनि माओवादीको पक्षमा बोल्ने नेताहरू नभएको गुनासो नेताहरुले गरेका छन् ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले संसदमा बोल्ने माओवादी सांसदहरू नै नभएको गुनासो गरेका छन् । ’संसदमा बोल्ने माओवादीका सांसदहरू नै भएनन् । संसदमा माओवादी केन्द्रको उपस्थिति राम्रो देखिएको छैन,’ बैठकमा नेताहरूले भनेका छन् । बैठकमा अहिलेसम्म ६० भन्दा बढी नेताहरूले आफ्नो धारणा राखिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…