राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे मिटरब्याजसम्बन्धी विधेयक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । राजपत्रमा प्रकाशित भएपछि यो विधेयक कानुनका रूपमा लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्: