काठमाडौं । राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा छापा मारेको छ । उक्त गोदाममा छापा मार्दा ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको जानकारी दिइएको छ । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाम रहेको बताइएको छ ।
बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका १६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।
गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन ।
२ साउन अघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद गरेको छ ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…