Swornakshar Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै धेरै सुन बरामद

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलाेमात्रामा सुन बरााद भएकाे छ ।
बरामद सुन अहिले सम्मकै सवैभन्दा धेरै परिमाणमा बरामद भएको बताईएकाे छ ।

राजश्व अनुसन्धान विभागका अधिकारीहरुले दिएको जानकारी अनुसार सुनको अवैध कारोबारमा सम्लग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालक रहेका छन् ।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको बताईएको छ । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो ।

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।