Swornakshar Logo

बागमती प्रदेशको पर्यटन ,उद्योग तथा सहकारी मन्त्रालयलाई राष्ट्रिय सहकारी सुदृढिकरण आन्दोलन समितिद्धारा ज्ञापन

मकवानपुर । सहकारीमा धेरै किसमका समस्या , बेथिती र विसंगतीहरू देखिएका भन्दै बागमती प्रदेशको पर्यटन तथा उद्योग सहकारी मन्त्रालयलाई राष्ट्रिय सहकारी सुदृढिकरण आन्दोलन समिति अध्यक्ष तुलसा रिमालद्धारा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउनुको साथै नवनियुक्त मन्त्रीलाई बधाई तथा कार्यकालको शुभकामना दिएको छ ।

सहकारीको मुख्य उद्देश्य ‘प्रत्येक व्यक्ति सबैका लागि र सबै व्यक्ति प्रत्येक’का लागि भन्ने भावना जागृत गराउने संस्था भएपनि पछिल्लो समयमा यसमा समस्या देखिएका ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

‘गाउँगाउँमा सहकारी र घरघरमा रोजगारी’भन्ने नारा नारामा मात्र सिमित भएकाले यसलाई व्यवहारमा लागु गर्न प्रदेश सरकारले पहल गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ

राष्ट्रिय सहकारी सुदृढिकरण आन्दोलन समितिका तुला रिमालको संयोजकत्वमा बागमती प्रदेशका पर्यटन तथा उद्योग सहकारी मन्त्री पुकार महर्जनलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अध्यक्ष रिमालले भनिन, ‘अहिले पनि सहकारीबाट पैसा खाएर भाग्ने समस्या छ । यसको नियमन गर्ने काम सरकारबाट हनु सकेको छैन । पहिला सहकारी नियमन गर्ने डिभिजन सहकारी  थियो तर पछि खारेज गर्दा समस्या आयो । सरकारले पुन पहल गरेर नियमन गर्ने संस्था चाहिन्छ ।’

नेपालमा सहकारीको स्थापना २०१३ सालमा भएको पाइन्छ । पछिल्लो समयमा नेपालमा सहकारी डुब्नेक्रम अत्यधिक देखिएको छ । जे जति सुधार गर्न सकिन्छ पहल गर्ने मन्त्री महर्जनले प्रतिबद्धता जनाएको अध्यक्ष रिमालले बताइन् ।

 

 

Ba