Swornakshar Logo

६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, सबैभन्दा बढी पोखरा महानगर र हेटौँडा उपमहानगरलाई

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८० । ८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्रले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो ।
यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका उपलब्ध गराइनेछ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुसार यो वर्ष ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले १० अर्ब ४२ करोड २२ लाख रुपैयाँ, २७६ नगरपालिकाले १ खर्ब ३१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ र ४६० वटा गाउँपालिकाले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ अनुदान पाएका छन् ।

६ वटा महानगरपालिका कुनले कति पाए

विराटनगर महानगरपालिका– १ अर्ब १९ करोड २४ लाख रुपैयाँ

वीरगञ्ज महानगरपालिका– १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ

भरतपुर महानगरपालिका– १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ

काठमाडौँ महानगरपालिका– २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ

पोखरा महानगरपालिका– २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ

ललितपुर महानगरपालिका– १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ

११ वटा उप–महानगरपालिका कुनले कति पाए रु

इटहरी उप–महानगरपालिका– १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ

धरान उप–महानगरपालिका– ९० करोड २ लाख रुपैयाँ

जनकपुरधाम उप–महानगरपालिका– ९४ करोड ४ लाख रुपैयाँ

कलैया उप–महानगरपालिका–८४ करोड ७३ लाख रुपैयाँ

जितपुर–सिमरा उप–महानगरपालिका– ८४ करोड ६३ लाख रुपैयाँ

हेटौँडा उप–महानगरपालिका– १ अर्ब १४ करोड ५० लाख रुपैयाँ

बुटवल उप–महानगरपालिका– ८० करोड ८९ लाख रुपैयाँ

घोराही उप–महानगरपालिका– १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ

तुल्सीपुर उप–महानगरपालिका– ९५ करोड ९६ लाख रुपैयाँ

नेपालगञ्ज उप–महानगरपालिका– ८८ करोड ३८ लाख रुपैयाँ

धनगढी उप–महानगरपालिका– ९२ करोड ८५ लाख रुपैयाँ