काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा अभियोजन गरेको छ । काठमाडौं प्रहरी परिसरले यो प्रकरणको जाहेरी लिएर अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको अध्ययन गरी बुधबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गरेको हो ।
पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सरकारका बहालवाला सचिब, गृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत अभियुक्त रहेको यो प्रकरणको अनुसन्धान प्रहरीले विभिन्न २३ वटा जाहेरीका आधारमा सुरु गरेको थियो ।
पेम्बा शेर्पा, डम्बरबहादुर खत्री, प्रेमराज पन्थी, सन्तोष भट्टराई, रोशन शिवाकोटी, समिर शिवाकोटी, भेषराज शर्मा लम्साल, मनबहादुर खत्री, सुष्मा चन्द, सन्दीप वली, शोभाराम राना क्षेत्री, पदमसिंह खत्री, डिलबहादुर कुसारी, भुवनसिंह लिम्बू, खगेन्द्र थेवे, दीलिप गौतम, कुमार खड्का, प्रदिप कुमार फुँयाल, मिलन श्रेष्ठ, रवीन्द्र कार्की, सुमन दाहाल, रोशन खरेल, गोकुल भट्टराई, रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ रुपैयाँ ठगेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…