Swornakshar Logo

नक्कली भुटानी शरणार्थी प्रकरणः ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्ररकरणको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ । यो प्रकरणका ३० जना अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन दर्ता गरिएको हो । मुद्दाको दर्ता नम्बर २२७१ रहेको छ भने विगो २७ करोड ८१ लाख कायम गरिएको छ । उनीहरूमाथि हदैसम्मको सजाय माग दाबी गरिएको छ ।

सोमबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रकरणमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । आठ सदस्यीय समितिले अभियोजन तयार पारेको हो ।

३० जनाविरुद्ध पाँचवटा कसुरमा अभियोग लगाउने तयारी छ । उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी किर्ते र एकीकृत कसुरमा अभियोजन लगाइएको छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र उनका सल्लाहकार ईन्द्रजित राई र उनका छोरालगात १६ जना पक्राउ परेका छन् । १४ जना भने फरार छन् ।